लगानी खबर, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आज (चैत्र १४ गते, शनिबार) बाट एकिकृत काराेबार सुरू गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न चैत्र ९ गतेकाे पत्रअनुसार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै बैंककाे माघ १५ गते सम्पन्न भएकाे विशेष साधारण सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।
मर्जरपश्चात् "सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड" काे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।