Like us!
Follow us!

सनराइज ब्लूचिप फन्ड यसरी भयो बाँडफाँड

सनराइज ब्लूचिप फन्ड यसरी भयो बाँडफाँड

लगानी खबर, काठमाडौं – सनराइज सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘सनराइज ब्लुचिप फन्ड’ का इकाइहरुको बाँडफाँड आज शुक्रबार सम्पन्न भएको छ । उक्त इकाइहरुको बाँडफाँड सनराइज क्यापिटल लिमिटेडको केन्द्रिय कार्यलयमा दिउँसो २ बजे सनराइज बैंक लिमिटेडका प्रतिनिधि लगायत अन्यको उपस्थितिमा सम्पन्न गरिएको हो। 

प्रतिइकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाइ (बिज पुँजी बापत कोष प्रवर्द्धक सनराइज बैंकेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाइसहित) गत चैत १ गतेदेखि चैत ८ गतेसम्म बिक्री खुला गरिएको थियो। जसमा ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

यो फण्डमा सर्वसाधारण लगायत बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुबाट कुल ५६ हजार ५८ जना आवेदकबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाइका लागि आवेदन परेको थियो । जसमध्ये ५३ हजार १ सय ४४ जना आवेदकबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८४० इकाइका लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १०० कित्ता इकाइदेखि ३० लाख इकाइसम्म माग गर्ने ५३ हजार १७९ आवेदकलाई मागबमोजिम,  ५० लाख माग गर्ने ४ आवेदकलाई ४६ लाख ५ हजार २६ इकाइको दरले र १ करोड इकाइ माग गर्ने २ आवेदकलाई ४६ हजार ५ हजार २८ इकाइका दरले सर्वसाधारणको १० करोड ६२ लाख ५० हजार इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।