लगानी खबर, काठमाडौं - ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । आईपीओ ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा आज (शुक्रबार) बाँडफाँड भएकाे हाे । बाँडफाँड सम्पन्न भए पनि रिजल्ट भने ६ बजेपछि मात्र हेर्न सकिनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिस्टममा अपडेट गर्न समय लाग्ने भएकोले रिजल्ट ६ बजेपछि मात्र हेर्न सकिनेछ ।
गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् ।
बाँडफाँड सम्पन्न भएपनि आइपिओको नजितालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।
कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १७ लाख ९७ हजार
८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।
कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।
यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।