Like us!
Follow us!

ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

लगानी खबर, काठमाडौं –  ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (चैत्र १३ गते, शुक्रबार) बाँडफाँड सम्पन्न भएकाे छ । उक्त आईपीओ ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा बाँडफाँड भएकाे हाे ।

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् । 

कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।