Like us!
Follow us!

सेयर टिप्स : सेयर भनेको के हो ? सेयर बजारमा कसरी प्रवेश गर्ने ?

सेयर टिप्स : सेयर भनेको के हो ? सेयर बजारमा कसरी प्रवेश गर्ने ?

लगानी खबर, काठमाडौं – सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आइपिओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

सेयरका प्रकारहरु

सेयर ३ प्रकारका हुन्छन् :-

१. संथापक सेयर = कम्पनी स्थापना गर्दा संस्थापकहरुले लिन कबुल गरेको सेयर

२. अग्राधिकार सेयर = कम्पनीले आर्जन गरेकोे मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयर

३. साधारण सेयर = सर्वसाधारणमा बिक्री गरिएको सेयर

सेयर बजार भनेको के हो ?

हामीले सेयर भनेको के हो त बुझिहाल्यौं, अब कुरा गरौं सेयर बजारको । सामान्य अर्थमा भन्नुपर्दा हामीले भरखरै कुरा गरेको सेयर किनबेच हुने बजारलाई नै सेयर बजार भनिन्छ । जसरी तरकारी किनबेच गरिने ठाउँलाई तरकारी बजार भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ । कुनै पनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट बेच्न वा किन्न सकिन्छ ।

नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार गाउने गर्दछ । नेप्से नै नेपालको एकमात्र सेयर बजार हो ।

सेयर किन निष्कासन गरिन्छ ?

कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर निष्कासन गरिन्छ ।

कस्ता कम्पनीले सेयर निष्कासन गर्न पाउँछन् ?

पब्लिक कम्पनीहरुले सेयर निष्कासन गर्न पाउँछन् । पब्लिक कम्पनीहरुले आइपिओ निष्कासन गर्दा जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी निष्कासन गर्नु पर्दछ ।

आइपिओ भर्नका लागि चाहिने आवश्यक कुराहरु :-

१. बैंक खाता (खाता)

२. हितग्राही खाता (DEMAT)

३. सी-आस्वा

बैंक खाता कसरी खोल्ने ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएर निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डिपी) को काम गरीरहेको बैंकमा गएर निक्षेप खाता खोल्न सकिन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?

सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर भौतिकीकरण अथवा डिम्याट गर्नु भन्छि । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । बैंक खाता खोलिसकेपछि बैंकलाई नै डिम्याटको र्फम माग्नुपर्ने हुन्छ र त्यो फर्म भरेर बुझाएको एक हप्ता भित्रमा बैंकले डिम्याट अकाउन्ट उपलब्ध गराउँछ ।

सी-आस्वा फर्म कसरी भर्ने ?

सी-आस्वा अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी-आस्वा प्रणली भनिन्छ । यसको पनि फर्म भर्न बैंकमा गएर भर्नु पर्छ । त्यसपश्चात बैंकले एउटा सीआरएन नम्बर दिन्छ । त्यसैगरी घरमै बसी-बसी अनलाइनबाट आइपिओ भर्नका लागि हामीलाई मेरो सेयर चाहिन्छ ।

कसरी खोल्ने मेरो सेयर ?

मेरो सेयरको फर्म बैंकमा पाइन्छ । बैंकमा गएर मेरो सेयरको फर्म भरेको केही दिनमा त्यसको युजर नेम र पासवर्ड आउँछ ।

अन्य जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।