Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सले लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

मल्टीपर्पस फाइनान्सले लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र १३ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले आजसम्म आवेदन दिन सक्ने छन् ।
 
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी,  उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेकाे छ । लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्रबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।