Like us!
Follow us!

साना किसान लघुवित्तको ५ वर्षअघि नबिकेको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

साना किसान लघुवित्तको ५ वर्षअघि नबिकेको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र १३ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पाैष ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहकाे ३ हजार ३ सय ६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँ, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।