Like us!
Follow us!

ज्योति लाइफको आईपीओ बाँडफाँड शुक्रबार १२:३० बजे, सेयर पाउने भाग्यमानी कति ?

ज्योति लाइफको आईपीओ बाँडफाँड शुक्रबार १२:३० बजे, सेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ - ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भाेलि चैत्र १३ गते, शुक्रबार बाँडफाँड हुने भएकाे छ । उक्त आईपीओ बाँडफाँड ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा, दिउँसो १२ :३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गाेलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् । 

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।