Like us!
Follow us!

आजबाट एनएमबी र कञ्चनबैंकको एकीकृत वित्तीय कारोबार शुरु

आजबाट एनएमबी र कञ्चनबैंकको एकीकृत वित्तीय कारोबार शुरु

लगानीखबर, काठमाडौं–एनएमबीबैंक र कञ्चन डेभलपमेन्ट बैंकको आज आइतबारबाट एकीकृत वित्तीय कारोबार शुरु भएको छ ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई मर्जर गरि आजबाट एकीकृत वित्तीय कारोबारको शुरु गर्ने भएको हो ।

मर्जर पश्चात बैंकको नाम ‘एनएमबि बैंक लि’ नै रहने छ भने रजिष्ट्रर्ड र मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड  समेत बलियो रुपमा स्थापति हुने जनाइएको छ। जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुयाउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्दत गर्ने बताइएको छ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।