लगानी खबर, काठमाडौं – बैंक अफ काठमाडौं लिमिटेडले लिलामीमा ल्याएकाे २ वटा कम्पनीकाे सेयरहरू बाँडफाँड गरिएकाे छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेकाे आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २ सय कित्ता र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ९४ हजार ११० कित्ता संस्थापक समूहको सेयरहरू हिजाे (चैत्र १० गते, मंगलबार) बाँडफाँड गरेकाे हाे ।
आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमा रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा ५ सय ५० दरसम्म लगानी गर्ने आवेदकलाई माग गरे बमोजिम र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ६०१ दशमलव ७५ रूपैयाँदेखि ८५१ दरसम्म लगानी गर्ने बाेलपत्रदाताहरूलाई माग गरे बमोजिम नै सेयर बाँडफाँड गरिएकाे बैंकले जनाएकाे छ ।
त्यसैगरी, बैंकले बाँडफाँडमा नपरेकाे सेयर बापतकाे रकम चैत्र १२ गतेदेखि आवेदकहरुले फारममा उल्लेख गरेका बैंक खातामा पठाउने बैंकले जनाएकाे छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गरेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।