लगानी खबर, काठमाडौं - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।
कम्पनीको आईपीओमा हिजो (मंगलबार) अन्तिम दिनसम्म १६ लाख २३ हजार ४ सय ५० आवेदकबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा २ करोड १८ लाख २० हजार ४५० कित्ता बढी अर्थात् ९ गुणा बढी हो ।
अन्तिम आवेदनलाई हेर्ने हो भने १० कित्ताका दरले २ लाख ६९ हजार ७ सय जना आवेदकले आईपीओ हात पार्नेछन् भने बाँकी १३ लाख ५३ हजार ७ सय ५० जनाको हात खालि हुनेछ ।
कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।