Like us!
Follow us!

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो (मंगलबार) तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार २ सय ५० कायम भएको छ । 

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।