लगानी खबर, काठमाडौं - पाँच वटा ब्राेकरहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शाखा खोल्नको लागि स्वीकृति पाएका छन् । शाखा खाेल्न स्वीकृती पाउनेमा ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटी), ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज), ब्रोकर नम्बर ५७ (आर्यतारा) लगायतका ब्राेकर कम्पनी रहेका छन् ।
बोर्डले आरडब्लुएस- रिमोट वर्किंग स्टेशनकाे अवधारणमा एक करोड पुँजी बराबर एउटा शाखा खोल्न सक्ने गरि स्वीकृति प्रदान गरेको हाे ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले अहिले यी ५ वटा कम्पनीलाई स्वीकृती प्रदान गरिएकाे भएतापनी बिस्तारै सबै ब्राेकरहरूलाई स्वीकृती प्रदान गरिने बताएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।