Like us!
Follow us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौं – मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ मा पुगेकाे छ ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ११ हजार ५ सय ५० रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश:  चन्द्रागिरि हिल्स लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर तामाकाेशी, रैराङ हाइड्राेपावर कम्पनी लिमिटेड, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

6059b651ccdab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।