Like us!
Follow us!

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकको हो  । नेप्से परिसूचक  २५२८.९५ को बिन्दुमा पुगेर रोकिएको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ०.०९ अंकले  बढेर ४४८.८९ मा पुगेको छ ।
कूल २०८ वटा कम्पनीकाे एक कराेड २ लाख ७६ हजार ७१० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४१ लाख ८९ हजार १६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ । 

त्यस्तै, आज कारोबार भएका कुल कम्पनीमध्ये ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

6059b714e7215.JPG 6059b71833553.JPG 6059b71b0eb1a.JPG 6059b7224bbc3.JPG 6059b7227d855.JPG 6059b722c3591.JPG 6059b7671b98e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।