Like us!
Follow us!

लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तले डाक्यो वार्षिक सभा

लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तले डाक्यो वार्षिक सभा

लगानी खबर, काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक सभा आह्वान गरेको छ  ।  संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको पाँचौं वार्षिक सभा बैठकले चैत ३१ गते मंगलबार, पन्चकन्या बेन्क्वेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ  । 

सभामा संचालक समितिले प्रस्य्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र  संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ  ।  त्यसैले चैत १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्  ।  

संस्थाले प्रकाशन गरेको सूचना ह्रेनुहोस्:-

605989fedf960.JPG 60598a027f127.JPG 60598a05f0d01.JPG 60598a09a203b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।