Like us!
Follow us!

सिटिजन्स बैंक र तिनाउ मिसनलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

सिटिजन्स बैंक र तिनाउ मिसनलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १४ गते, शनिबारबाट एकिकृत काराेबार सुरू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न चैत्र ९ गतेकाे पत्रअनुसार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै बैंककाे माघ १५ गते सम्पन्न भएकाे विशेष साधारण सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।

मर्जरपश्चात् "सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड" काे नामबाट एकिकृत काराेबार सुरू हुनेछ ।

त्यसैगरी, एकीकृत कारोबार सञ्चालन गर्ने प्रयोजनका लागि दुवै बैंकलाई एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकोले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म दुवै बैंकले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने पनि बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6059780cc360e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।