Like us!
Follow us!

अब घरबाटै कामना सेवा विकास बैंकको अनलाईन खाता खोली कारोबार गर्न सकिने

अब घरबाटै कामना सेवा विकास बैंकको अनलाईन खाता खोली कारोबार गर्न सकिने

लगानी खबर, काठमाडौं - कामना सेवा विकास बैंक लेके. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । सेवाग्राहिले बैंकको वेवसाईट मार्फत केहि मिनेट मै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एकलाख रुपैयाँ सम्मको कारोबार गर्न सक्नेछन् । 

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा रहेको छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त खाताको शुभारम्भ गरेकाछन् । कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि उपस्थिती रहेको थियो । 

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।