लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार राताम्य बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ, भने ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।
सेयर बजार घट्दा पनि अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ कम्पनीले ४६ करोड ९६ लाख ८९ हजार बराबरको कारोबार गरेको छ ।
त्यसैगरी, नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इफ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा), नबिल बैंक लिमिटेड, शिवम् सिमेन्टस् लिमिटेड, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पनि सबैभन्दा बढी कारोबार गर्न सफल भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।