Like us!
Follow us!

नेप्सेको उकालो यात्रामा ब्रेक, हाइड्रोमा लगानीकर्ता आकर्षित

नेप्सेको उकालो यात्रामा ब्रेक, हाइड्रोमा लगानीकर्ता आकर्षित

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले सोमबार ओरालो यात्रा तय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।

कूल २११ वटा कम्पनीकाे एक कराेड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर मात्र बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ । आज हाइड्रो र होटल तथा पर्यटन उपसमूहको सेयर मात्र बढेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

 

60586709c9198.JPG 60586709ce4c2.JPG 6058670a2f99f.JPG 6058670a35643.JPG 6058670a84217.JPG 6058670a8d215.JPG 6058670aea804.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।