Like us!
Follow us!

सर्वाेत्तम सिमेन्टले बैंकको ॠण तिर्न आईपीओ जारी गर्दै

सर्वाेत्तम सिमेन्टले बैंकको ॠण तिर्न आईपीओ जारी गर्दै

लगानी खबर, काठमाडौँ - सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ ।

कम्पनीले केही समय अघि कम्पनीकाे आईपीओको मूल्य ७५० किन भन्दै १५ वटा बुँदा सार्वजनिक गरेकाे थियाे । उक्त बुँदाकाे साताैँ नम्बरमा यसाे भनेर  "आईपीओबाट  प्राप्त  रकममध्ये  ४०%  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले ।" लेखिएकाे छ ।

यसकाे अर्थ कम्पनीले आईपीओबाट उठेकाे रकममध्ये ४० प्रतिशत रकम भने बैंककाे ऋण तिर्न प्रयाेग गर्नेछ । लगानीकर्ताहरूबाट उठेकाे रकम उत्पादन क्षेत्रमा प्रयाेग गर्नुपर्नेमा कम्पनीले ऋण तिर्नका लागि प्रयाेग गर्ने भएकाले लगानीकर्ताहरूलाई मुनाफा प्रदान गर्ने कुरामा कम्पनी जाेखिममा रहेकाे केही लगानीकर्ताहरूकाे ठहर रहेकाे छ । कतिपय लगानीकर्ताहरूले यही कुरा सामाजिक सञ्जाल मार्फत् पनि व्यक्त गर्दै आइरहेका छन् । 

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  तथा कम्पनीका कर्मचारीलाई र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ । 

कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई ७५० रूपैयाँ मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि  निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ । 

त्यसैगरी, हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।