Like us!
Follow us!

निर्धन उत्थान लघुवित्तले प्रतिकित्ता ५५० रुपैयाँमा संस्थापक सेयर बिक्री गर्दै

निर्धन उत्थान लघुवित्तले प्रतिकित्ता ५५० रुपैयाँमा संस्थापक सेयर बिक्री गर्दै

लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ ।

संस्थाले एक लाख ८ हजार ५ सय ४२ कित्ता संस्थापक सेयरहरू चैत्र १८ गते, बुधबारदेखि लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख २१ गतेभित्र न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

त्यस्तै, उक्त सेयरकाे न्यूनतम मूल्य ५ सय ५० रूपैयाँ ताेकिएकाे छ । आवेदकले साे वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605825808f59b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।