Like us!
Follow us!

सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट-क्रेडिट प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।