Like us!
Follow us!

६३.३८ अंकले बढ्यो सेयर बजार : ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

६३.३८ अंकले बढ्यो सेयर बजार : ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा उत्साह कायम नै रहेकाे छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले आइतबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ मा पुगेकाे छ । नेप्से २.५६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड २४ लाख ३० हजार २ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । 

आइतबार सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । 

त्यसैगरी, आइतबार ९ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर लिमिटेडकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

हेराैं आजकाे शेयर तालिका :

605711e401b14.jpg 605711e9867a1.jpg 605711ef0df49.jpg 605711f454ac6.jpg 605711f94b59f.jpg 605711ff47781.jpg 60571209c7ae6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।