Like us!
Follow us!

जानकी फाइनान्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

जानकी फाइनान्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - जानकी फाइनान्स लिमिटेडले लाभांश वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको २४औं वार्षिक सभा चैत २८ गते गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक, जनकपुरधाममा बिहान १० बजे सुरु हुनेछ  ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित गरीनेछ । यस वर्ष संस्थाका सेयरधनीहरुको भने हात खालि हुने भएको छ ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार चैत १७ गते मंगलबारसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।