Like us!
Follow us!

लाभांश पारित गर्न मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे चैत्र ७ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बार्हाैँ वार्षिक साधारण सभा चैत्र २९ गते, आइतबार हाेटल राजदरबार एण्ड नवरंग रिसाेर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६३१५७९ प्रतिशत नगद गरी कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6056f5c0d80a4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।