लगानी खबर, काठमाडौँ - नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू हिजाे (चैत्र ७ गते, शनिबार) खोलिएकाे छ ।
उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।
प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा ३ हजार ५ सय ४ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्नेछ ।
कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।