Like us!
Follow us!

नेप्सेलाई निफ्राको स्पष्टिकरण : बोन्ड जारी गर्ने निर्णय पहिल्यै भइसकेको थियो

नेप्सेलाई निफ्राको स्पष्टिकरण : बोन्ड जारी गर्ने निर्णय पहिल्यै भइसकेको थियो

लगानी खबर, काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ । बैंकले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने सम्बन्धमा संचारमाध्यममा समाचार प्रकाशन भएपछि सो तथ्यबारे स्पष्टिकरण माग गरेको थियो । 

बैंकले उक्त बोन्ड जारी गर्ने विषमा बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैकले वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनको लागि तयार गरिएको विवरणपत्रमा समेत खुलाईसकेको र सम्बन्धित नियमनकारी निकायबाट समेत स्वीकृति लिईसकेको जानकारी दिएको छ । 

बैंकले यसलाई अन्तिम रुप दिन चाहिने थप स्वीकृति  लिँदै यथासक्य छिटो तोकिएको व्याजदरमा बोन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचिकृत गराउने गरी अघि बढिरहेको स्पष्ट पारेको छ । 

साथै, बैंकले आफ्नो सार्वजनिक सेयर निष्कासनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी गराएको  । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6056f4e575789.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।