लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (चैत्र ८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ९ गते, साेमबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्नेछ । त्यसैले आज (चैत्र ८ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको छ ।
कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।