Like us!
Follow us!

सिंगटी हाइड्रोको आईपीओमा पर्यो मागभन्दा ३.४० गुणा बढी आवेदन, कतिले भरे ?

सिंगटी हाइड्रोको आईपीओमा पर्यो मागभन्दा ३.४० गुणा बढी आवेदन, कतिले भरे ?

लगानी खबर, काठमाडौँ - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे आवेदन दिने क्रम बढ्दाे छ ।

आइतबार बिहानसम्ममा ७ लाख ४२ हजार ६ सय ७३ जना आवेदकले एक कराेड १६ लाख ३२ हजार ९ सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २६ लाख ४० हजार कित्ता भन्दा ३.४० गुणा बढी आवेदन हो । 

कम्पनीले आज (चैत्र ६ गते, शुक्रबार) देखि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा चैत्र १० गते र ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।

रेटिङ्ग कति ?

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले  नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।