लगानी खबर, काठमाडौं - सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि बिक्री खुल्ला गरेको सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज (चैत्र ८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष खुल्ला गरेकाे हाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे ।
यस इकाईकाे बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।