Like us!
Follow us!

अब अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने !

अब अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने !

लगानी खबर, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५ सय रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५ सय १ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।

हालसम्म विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्दा उपभोक्ताले शुल्क तिर्नु पर्ने व्यवस्था थिएन ।  अनलाइनबाट महशुल भुक्तानी गर्दा संकलनमा ग्राहक र प्राधिकरण दुवैलाई सहज छ ।  उपभोक्ताले घन्टौं लाइन बसेर भुक्तानी गर्नुपर्ने बाध्यता हटेको छ, भने प्राधिकरणलाई कागजी काम, जनशक्तिकाे उल्टै बचत हुन्छ । तर प्राधिकरण गरेको उक्त शर्तले ग्राहकलाई मर्का परेको छ ।

सरकारले डिजिटल पेमेन्टलाइ प्राेत्साहन गरिरहेकाे बेला प्राधिकरणले गरेको यो प्रस्तावले ग्राहकलाई व्ययभार परेको छ ।  प्राधिकरणले विद्यूत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम ग्रामीण क्षेत्रहरुमा सहज रुपमा पुर्याउन भन्दै सुरक्षित, भरपर्दो र अत्याधुनिक प्रविधिहरुबाट अनलाइन विद्युत महसुल संकलन गर्ने कार्य गर्न इच्छुक सेवाप्रदायकहरुलाई विभिन्न शर्त राखेर प्राधिकरणले प्रस्ताव समेत मागेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।