लगानी खबर, काठमाडौं - साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको वार्षिक सभा चैत २७ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुक्रबार हुँदैछ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश पनि पारित गर्नेछ ।
सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गरि पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।