Like us!
Follow us!

कनेक्ट आईपीएसबाट हुने कारोबार सीमा बढ्यो

कनेक्ट आईपीएसबाट हुने कारोबार सीमा बढ्यो

लगानी खबर, काठमाडौँ - नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसबाट  हुने कारोबारको सीमा बढाएको छ ।

सीडीएसले गरेकाे नयाँ व्यवस्था अनुसार कनेक्ट आईपीएसको वेभसाइटमार्फत हुने प्रति कारोबार १० लाख रुपैयाँसम्म र प्रतिदिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । 

यसैगरी, मोबाइल एप मार्फत हुने कारोबारमा पनि प्रति कारोबार एक लाख रूपैयाँसम्म र प्रतिदिन दुई लाख रुपैयाँसम्मको गर्न सकिनेछ ।

त्यसैगरी, सेयर कारोबारको भुक्तानीमा प्रतिदिनको सीमा एक करोड रुपैयाँ पुर्याइएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।