लगानी खबर, काठमाडौं - साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएको छ । मंगलबारबाट बढ्दै गइरहेको सेयर बजारले बिहीबार पनि उकालो यात्रा तय गरेको हो । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ मा पुगेको छ । नेप्से १.७७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ मा पुगेको छ ।
हरियाली बजारमा आज जोशी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसैगरी क्रमश: आँखुखोला जलविद्युत कम्पनी लिमिटे, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड, खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।