लगानी खबर, काठमाडौं - साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा चमक देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ मा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ मा पुगेको छ ।
कूल २१३ वटा कम्पनीकाे एक कराेड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।
त्यसैगरी, स्टकका अनुसार बिहीबार सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड र युनाइटेड इदी मर्दीका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।