Like us!
Follow us!

माछापुच्छ्रे बैंकद्वारा एकैदिन बाँकेको ४ स्थानमा क्युआर कोड सेवा संचालन

माछापुच्छ्रे बैंकद्वारा एकैदिन बाँकेको ४ स्थानमा क्युआर कोड सेवा संचालन

लगानी खबर, काठमाडौं - माछापुच्छ्रे  बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानीतलाउमा रहेको कृषि उपजबजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको छ । 

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले तिस्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् । उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्  भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्गबजार, रानीतलाउमा रहेको कृषिउपजबजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।