Like us!
Follow us!

नेप्सेमा १ करोड १४ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड १४ लाख कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बिहिबार)नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३ वटा कम्पनीको  सेयर सूचिकृत भएको छ । ३ वटा कम्पनीको १ करोड १४ लाख २ हजार ९९०.२६ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर, नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस र हकप्रद सेयर र    सेन्चुरी कमर्शियल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड​
बिहिबार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल बंगलादेश बैंक

 नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोअनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

  सेन्चुरी कमर्शियल बैंक लिमिटेड
नेप्सेमा कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता सेयर सूचिकृत भएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।