Like us!
Follow us!

सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

लगानी खबर, काठमाडौं - सनराइज ब्लूचिप फण्डले इकाई खुल्ला केही दिनको लागि थप गरेको छ । 

सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “सन्राइज ब्लूचिप फण्ड” को प्रतिइकाई मूल्य रु. १० दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला केही दिनको लागि बिक्री खुल्ला थप भएको जानकारी गराएको छ । 

साथै, उक्त निष्काशन तथा बिक्री खुल्ला मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा मिति २०७७ चैत्र १६ अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने समेत सम्बन्धित सबैको जानकारी गराएको छ ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाई सम्म आवेदन दिनपाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानीगर्न सकिने जनाएको छ ।

सूचना हेनुहोस् :-

60530208d2cb6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।