Like us!
Follow us!

पत्रकार महासङ्घको निर्वाचन मिति तय, कहिले हुन्छ निर्वाचन ?

पत्रकार महासङ्घको निर्वाचन मिति तय, कहिले हुन्छ निर्वाचन ?

लगानी खबर, काठमाडौं - नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि  एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिए ।  । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
     
चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि  पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र  देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।  । - रासस 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।