Like us!
Follow us!

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - बुधबार सेयर बजार जताततै हरियो भएर बन्द भएको छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेकाे छ । नेप्से १.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा  ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकाेशी, नेपाल टेलिकम, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड संस्थापक सेयर, नेपाल बङ्गलादेश बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र ग्लाेबल आइएमइ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6051cc322f276.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।