Like us!
Follow us!

सर्वाेत्तम सिमेन्टको आईपीओमा लगानी गर्ने लगानीर्कता मालामाल हुँदै, अघि बढ्यो निष्कासन प्रकृया

सर्वाेत्तम सिमेन्टको आईपीओमा लगानी गर्ने लगानीर्कता मालामाल हुँदै, अघि बढ्यो निष्कासन प्रकृया

लगानी खबर, काठमाडौँ - सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । 

कम्पनीले बुधबार आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रमको आयोजना गरी  निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । 

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  तथा कम्पनीका कर्मचारीलाई र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ । 

कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई ७५० रूपैयाँ मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

आईपीओ जारी पश्चात पहिलो ३ महिना भित्रै १० प्रतिशत बाेनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो बापत झण्डै १०० प्रति सेयरको आम्दानी तत्कालै हुने कम्पनीले दाबी गरेकाे छ । कम्पनीले आईपीओले इक्राबाट बीबीबी प्लस रेटिङ पाएको हुनाले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ । 

त्यसैगरी, हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।