लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग ३ दिने स्पष्टिकरण मागेको छ ।
नेप्सेले बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने शिर्षक सम्बन्धी समाचार तथा अन्य विभिन्न प्रश्नहरू जस्तै : निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल गरेको हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा सत्य के हाे र कसाे भएकाे हाे र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन गरेको हाे ।
नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।