Like us!
Follow us!

कारोबार रकममा गिरावट,यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

कारोबार रकममा गिरावट,यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

केहि दिन देखि निरन्तर ओरालो लागेको नेपालको सेयर बजारको परिसुचक आज (मंगलबार) झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २.५६ अंकले बढ्दा दैनिक कारोबार रकममा भने ब्यापक गिरावट आएको छ । 

आज नेप्सेमा ३ अर्ब ३७ करोडको सेयर कारोबार हुँदा सर्वाधिक रकमको सेयर कारोबार हुने कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज नेप्सेमा कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेल जनाएको छ । 

आज सर्वाधिक रकमको सेयर कारोबार हुने अन्य कम्पनीहरुमा अप्पर तामाकोसि हाइड्रोपावर कम्पनी,नेपाल इन्फ्रास्ट्रक्चर बैंक,नबिल बैंक,नेशनल हाइड्रोपावर कम्पनी,हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट,एनआईसी एसिया बैंक,नेको इन्स्योरेन्स,ग्लोबल आईएमइ बैंक र नेपाल पुनर्बिमा कम्पनी रहेकाछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।