Like us!
Follow us!

चन्द्रागिरी हिल्स आयोजना प्रभावितको आईपीओ हितग्राही खातामा जम्मा, आएन भने यसो गर्नुस्

चन्द्रागिरी हिल्स आयोजना प्रभावितको आईपीओ हितग्राही खातामा जम्मा, आएन भने यसो गर्नुस्

लगानी खबर, काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको नाउँमा रहेको साधारण सेयर (आईपीओ) हितग्राही खाता नम्बर हुबहु मिलेका सेयरधनीको खातामा जम्मा भइसकेको  छ ।

कम्पनीले हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका सेयरधनीको सेयर हितग्राही खातामा जम्मा गर्नका लागि हितग्राही खाता उपलब्ध गराउन आग्रह गरेको छ ।

कम्पनीले आफ्नो हितग्राही खाता कम्पनी अथवा सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको इमेल ठेगानामा पठाउन अनुरोध गरेको हो ।

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60506fac1aa35.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।