Like us!
Follow us!

बैंक अफ काठमाण्डौको विशेष साधारण सभा सम्पन्न ,के के थिए एजेण्डा ?

बैंक अफ काठमाण्डौको विशेष साधारण सभा सम्पन्न ,के के थिए एजेण्डा ?

लगानी खबर,काठमांडौ । बैंक अफ काठमाण्डौको विशेष साधारण सभा आज मंगलबार आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।   

बैंकको विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती गरी ३ जनालाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको छ। 

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक चयन गर्न तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारितका लागि बिषेश साधारण सभा आह्वान गरेको थियो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।