Like us!
Follow us!

नागरीक लगानी कोषको ४ लाख कित्ता बढि संस्थापक सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

नागरीक लगानी कोषको ४ लाख कित्ता बढि संस्थापक सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

लगानी खबर,काठमांडौ । नेपाल बैंक ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज चैत्र ३ देखि लिलामिमा बिक्रिका लागि बोलपत्र आह्वान गरेको छ ।  

कोषको साढे ४ लाख कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । बैैकले आफ्नो स्वामित्वमा रहेको कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलाममा बिध्यमान संस्थापक, वा जो कोहि कम्पनी, व्यक्ति , वा संघ, संस्थाले आवेदन दिन सक्ने छन् । लिलामीको सेयर खरिदका लागि चैत्र १७ गतेसम्म आवेदन दिन सकिने छ। 

कोषको यो सेयरको न्युनतम मूल्य प्रति कित्ता १ हजार ५ सय २ रुपैयाँ ५० पैसा कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै सेयरको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले सेयर पाउने छन् । 

सेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल प्रबन्धक रहेको छ । सेयर खरिदका लागि बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो चैत १७ गते बैंकिङ समयसम्म पेस गरिसक्नुपर्नेछ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।