Like us!
Follow us!

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सकोे सेयर मूल्य समायोजन,कतिमा खुल्छ कारोबार ?

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सकोे सेयर मूल्य समायोजन,कतिमा खुल्छ कारोबार ?

लगानी खबर,काठमांडौ ।आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सकोे सेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता महालक्ष्मी विकास बैंकको २६९ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको ३२५ रुपैयाँ कायम भएको छ। 

समायोजन अघि महालक्ष्मी विकास बैंकको सेयर मूल्य २९३ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ३७४ रुपैयाँ रहेको थियो। अब आजको कारोबार कम्पनीको समायोजित मूल्यअनुसार खुल्नेछ। 

नेपाल हाइड्रोले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १५ प्रतिशत बोनस सेयर र ०।७८९५ प्रतिशत नगद (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको यही चैत १७ गते हुने १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन पछि लगानीकर्ताहरुलाई वितरण गरिने छ।

त्यस्तै महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको मूनाफाबाट ८.८ प्रतिशत बोनस सेयर र ०.४६ नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ । 

बैंकद्धारा प्रस्तावित लाभांश यही चैत १३ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ । 

लाभांश तथा बार्षिक साधारण सभा प्रयोजनका लागि यी दुवैले आज चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न  र साधारण सभामा सहभागि हुन सक्नेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।