लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साेमबार) महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकको संस्थाकाे १० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
संस्थाकाे आइपिओलाई शेयर काराेबार गर्नका MLBSL संकेत प्रदान गरिएको छ ।
संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।