लगानी खबर, काठमाडौं - साताकाे दोस्रो काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे घट्ने क्रम जारी नै छ । घट्दाे बजारमा पनि हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण भने बढ्दाे छ । साेमबार पनि सर्वाधिक कमाउने १० कम्पनीहरूमा ७ वटा हाइड्राेपावर परेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ मा पुगेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०७ अंकले घटेर ४३०.०५ मा पुगेको छ ।
त्यसैगरी, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकले ४६ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, उप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।